गणतन्त्र दिवस भव्यताका साथ मनाउन बृहत् छलफल

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ
– यही जेठ १४ र १५ गते दुई दिनसम्म गणतन्त्र दिवस मनाउने विषयमा बुधबार दमौलीमा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, उपप्रमुख इन्दिरा दराई, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्की वडा नम्बर १ देखि १४ सम्मका सबै वडाध्यक्षहरू, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 
कार्यक्रममा गणतन्त्र दिवसलाई भव्य र सार्थक बनाउन गरिने कार्यक्रम, जनसहभागिता, व्यवस्थापन र समन्वयका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले दिवसको ऐतिहासिक महत्वलाई उजागर गर्दै जिल्लास्तरमै उत्साहका साथ मनाउने सहमति जनाएका छन्।