व्यास नगरपालिका पूर्ण खोप पालिका घोषणा गर्दै

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ दमौली

तनहुँको व्यास नगरपालिकाले २०८३ जेठ ८ गते “पूर्ण खोप पालिका घोषणा एवं दिगोपना सुनिश्चितता कार्यक्रम” आयोजना गरेको छ। पालिका खोप समन्वय समितिको आयोजनामा व्यास नगरपालिका सभा हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।। कार्यक्रममा नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

“विद्यालयसम्म जाउँ शहर, सदरमुकाम ल्याउँ गाउँ नगर” नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरामण वाग्ले, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साल, स्वास्थ्य शाखाका प्रमुख प्रमोस्वती स्वास्थ्य शाखाकी अधिकृत लक्ष्मी गुरुङ लगायको सहभागिता रहेको थियो।

Like