गृहमन्त्रीसमेत हारे राप्रपाको जीत

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ११,

मुलुकमा प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले बहालवाला गृह मन्त्रीदेखि पूर्वगृह मन्त्रीलाई पराजित गराएका छन् । बोहोराले बहालवाला गृह मन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै विजयी भए । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापा-४ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भए । सिटौला लिङ्देनसँग दोस्रो पटक पराजित भएका हुन् । प्रत्यक्षमा एक बहालवाला, दुई पूर्व र एक पूर्वगृहराज्यमन्त्री पराजित भएका छन् । राप्रपाका उम्मेदवारले बहालवाला गृह मन्त्री बालकृष्ण खाण, पूर्वगृह मन्त्री कमल थापा, कृष्णप्रसाद सिटौला र पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कँडेललाई पराजित गराएका हुन् । लिङ्देनले २०७४ र २०७९ गरी सिटौलालाई पराजित गरेका हुन् । यस्तै राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग पराजित भए । थापाले एमालेको साथ पाएका थिए । थापा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा गृहमन्त्री भएका थिए । राप्रपाका अर्का उम्मेदवार ध्रुवबहादुर प्रधानले पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कडेललाई पराजित गरेका थिए । प्रधान नेपाल प्रहरीका पूर्वप्रमुख पनि हुन्।

Like