प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रवैयाविरुद्ध तनहुँमा हस्ताक्षर सङ्कलन अभियान

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश समाचार
तनहुँ ।
दमौली – सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रवैयाविरुद्ध नेपाल पत्रकार महासंघ, तनहुँले हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरेको छ।
बिहीबार दमौली स्थित व्यास-३ को अनशन चौतारी सगै आयोजित कार्यक्रममा महासंघले “सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रवैया विरुद्ध” भन्ने नारा अघि सार्दै हस्ताक्षर सङ्कलन गरेको हो। 
कार्यक्रममा पत्रकार, नागरिक समाजका अगुवा र सर्वसाधारणले हस्ताक्षर गरेर सरकारका पछिल्ला कदमहरूले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै विरोध जनाएका छन्।
नेपाल पत्रकार महासंघ
तनहुँका पदाधिकारीहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्। हस्ताक्षर सङ्कलनमार्फत सङ्कलित जनमतलाई केन्द्रीय तहसम्म पुर्याएर दबाब सिर्जना गरिने महासंघले जनाएको छ।











