ठमेलमा पुरुषलाई दुःख दिने ९ जना विदेशी महिला पक्राउ

अन्जनराज न्यौपाने
काठमाडौँ
काठमाडौं – पर्यटकीय क्षेत्र ठमेलमा बाटो हिँड्ने पुरुषहरूलाई दुःख दिने गरेको आरोपमा प्रहरीले ९ जना विदेशी महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप र मो लमो लाई गरी दुःख दिने गरेको उजुरीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका महिलाहरूले पर्यटकको आवागमन हुने क्षेत्रमा बाटो छेकेर हैरानी दिने, अश्लील प्रस्ताव गर्ने र नमानेपछि दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ। यसले पर्यटकीय क्षेत्रको छविमा असर परेको र सर्वसाधारणलाई आवतजावतमा असहज भएको भन्दै उजुरी परेको थियो।
पक्राउ परेका महिलाहरूमाथि थप अनुसन्धान भइरहेको र कानुनी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले ठमेलजस्ता पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र यस्ता क्रियाकलापमा संलग्न जोकोहीलाई कारबाही गरिने चेतावनी दिएको छ।