मौलाकालिका मन्दिर परिचय, धार्मिक मान्यता र ईतिहास

डा. के. बि. सम्राट
उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत।।
क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति
प्रथमेनार्जिता विद्या द्वितीयेनार्जितं धनं।
तृतीयेनार्जितः कीर्तिः चतुर्थे किं करिष्यति।।
विद्या मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च।
रुग्णस्य चौषधं मित्रं धर्मो मित्रं मृतस्य च।।
ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मामृतं गमय।।
ॐ सह नाववतु। सह नौ भुनक्तु। सह वीर्यं करवावहै।
तेजस्विनावधीतमस्तु मा विद्विषावहै
मा भ्राता भ्रातरं द्विक्षन्, मा स्वसारमुत स्वसा। सम्यञ्च: सव्रता भूत्वा वाचं वदत भद्रया
यथा द्यौश्च पृथिवी च न बिभीतो न रिष्यतः। एवा मे प्राण मा विभे
अलसस्य कुतः विद्या अविद्यस्य कुतः धनम् । अधनस्य कुतः मित्रम् अमित्रस्य कुतः सुखम्।।
मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो जुन नेपालको नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका मा अवस्थित छ। यो मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ। ऐतिहासिक रूपमा, यो भनिएको छ कि १६ औँ शताब्दीमा पाल्पा राजाले देवी कलिकाको नाममा “प्रतीक” को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछि पर्वत (मौला पहाड) को नाम राखियको थियो । यो मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ शुरुवात को प्रतीक मानिन्छ । मन्दिरलाई स्थानीय स्थानबाट धेरै पटक पुनःस्थापित गरिएको छ । थप आगन्तुकहरू समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरहरूको बलिदान रोक लगाएको छ । यो मन्दिर नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुलबाट उत्तर तर्फ करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ । मौलाकालिका मन्दिर लोकप्रिय हुनु भन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पुजा गर्दै आएका थिए । हाल अवस्थित मन्दिर १९९० को दशकमा मात्र बनेको थियो । मौलाकलिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पुजा गर्न आउने गरेका छन् ।
नेपालका पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व राजा / राजकुमार र नेपालका अर्थमन्त्री रामशरण महत सहित उच्च श्रेणीका सरकारी अधिकारीहरूले मन्दिर भ्रमण गरेका छन् । भारतका योगगुरु बाबा रामदेबले पनि मन्दिरको २०११ मा भ्रमण गरिसकेका छन्। नेपालका पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी २० अप्रिल २०१६ मा मन्दिरको भ्रमण गर्नुभयो र मन्दिरहरूको आवासीय सुविधाको उद्घाटन गर्नु भएको थियो। नेपाल टेलिकमले मौलाकालिका मन्दिरमा ताररहित ट्रान्सीवर टावर स्थापना गरेको छ । यस क्षेत्रमा जीएसएम र ३ जी कनेक्टिविटीको उपलब्धता रहेको छ।
गैंडाकोट, नारायणगढ, भरतपुर र चितवन नजिकैका नियमित पर्यटकहरु यस स्थानमा चिसो बतासको महसुस, जंगलको विस्तृत मनोरम दृश्यहरुको अवलोकन गर्न यहाँ आउने गर्दछन् । सहासिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरु २००० मिटर लामो सिढि चढेर पर्यटकहरु मन्दिरमा पुगेर पुजा अर्चन गर्दछन् ।
एक स्वचालित हाइड्रोलिक दबाव लगातार मन्दिरसम्म पानी पम्प गर्दछ । उपकरण उत्तरी ढलानमा ५०० मीटर तल सुचारु गरिएको छ । पानी आपूर्ति निरन्तर रूपमा भैरहेको छ । यहाँ पोल आधारित विद्युतीय प्रणाली जडान गरिएको छ । मौलाकालिका मन्दिर पदमार्गमा रहेका ढुङ्गामा कुदिएको कला कौसालाहरु हामीले स्पष्ट देख्न सकिन्छ । मौलाकालीका मन्दिरको उकालो मा भएको कारण मुख्य मन्दिरमा पुग्न कुनै पनि यातायातको सुबिधा रहेसंगे मन्दिर पुग्न सबै धर्मावलम्बीहरूले पौदल यात्रा पनि गर्दै जाँदा अर्कै रमाइलो हेर्न सकिन्छ । समून्द्री सतहबाट ५६१ मिटर पहाडी वन उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल एवम् शक्तिपीठ मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । राष्ट्रको मध्यभागमा अवस्थित, ऋषिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब ४ कि. मि. टाढा गैंडाकोट नगरपालिका वार्ड नं. १ मा अवस्थित छ।
मन्दिर निर्माण भएपछि पूजा सञ्चालन र पुजारीको व्यवस्था गरियो । वि . सं. २०३२ सालदेखि ब्राहमणद्वारा पूजा हुन थाल्यो । वि. सं. २०३८ सालको बडादशैंदेखि धार्मिक सेवा समितिले संस्थागत रूपमा पूजा आरम्भ गरेको हो । वि. सं. २०४३ साल वैशाखदेखि हप्ताको २ दिन मङ्गलबार र शनिबार पूजा हुन थालेको हो । यसैगरी वि. सं. २०४४ साल चैत ६ गतेदेखि एकजना आवासीय पुजारीद्वारा दैनिक पूजा – पाठ आरम्भ गरियो । वि. सं. २०६४ सालदेखि तीनजना आावासीय पुजारीबाट वैदिक विधिअनुसार सात्विक दैनिक पूजा-अर्चना, स्वाहा , स्वधा र पाठ परायण हुदै आएको हो । विधानतः मन्दिर परिसरभित्र जीव बली प्रथालाई पूर्णतः निषेध गरिएको छ । ऐतिहासिक पृष्ठभूमि प्राचीन काल पन्ध्रौ शताब्दीको अन्त्यतिर ( करिब ५०० वर्ष पहिला ) पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थवास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडी शक्ति- पीठका रुपमा पूजा-अर्चना गर्ने व्यवस्था गरेका थिए । उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गर्ने गरेका थिए भन्ने पाइन्छ । त्यसपछि गाउँलेहरुले आलो – पालो गरी पूजा चलाएका थिए । त्यहाँ ठूलो सालको रुख थियो । वि. सं. १९९० सालको भुकम्पमा रुख ढलेको थियो । रुखसँगै जोडिएको मन्दिरमा भएका ऐतिहासिक संरचना सबै भताभुङ्ग भएका थिए । कालान्तरमा त्यस ठाउँका आदिवासीहरु अन्यत्र बसाई सर्न थाले र मन्दिर जाने पूजापाठ गर्ने चलन विस्तारै कम हुदै गयो । वि.सं. २०३५ सालमा गैंडाकोट १ निवासी स्वर्गीय काशीनाथ पौडेलले स्वप्नमा गौलाकालिकाको दर्शन पाएपछि तत्काल स्थानीय व्यक्ति हवल्दार कुमानसिंह गुरुङसमेतले उक्त स्थानमा स्थानीय बासिन्दाहरुको साथ, सहयोगले सानो मन्दिर निर्माण गरी बडादशैं र चैतेदशैंमा पूजा- पाठ गरिदै आएको थियो ।
वि. सं. २०३२ सालमा बनेको टिनको छानो भएको मन्दिर वर्षाको कारणले भत्कियो र पुनः २०४२ सालमा एक ढोका र टिनले छाएको सानो मन्दिर निर्माण भयो । धर्मानुरागी व्यक्तिहरूको दिनप्रतिदिन भक्तजनहरूको आगमन बढ्दै गएपछि वि. सं. २०५१ सालमा मध्यक्षेत्र प्रहरी तालिम केन्द भरतपुर चितवनका प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्रविक्रम महतका प्रेरणा, साथ, सहयोगले धार्मिक सेवा समितिको सक्रियता, श्रद्धालु भक्तजन, जनता, संङ्गसंस्था, विभिन्न सरोकारवालाहरुको सहयोगबाट वि. सं. २०५३ सालमा तीन ढोकासहितको तीन तले पक्की प्यागोडा शैलीमा वर्तमान मन्दिर निर्माण कार्य सुसम्पन भयो । वि . सं. २०५३ साल चैत महिनामा मन्दिर निर्माणार्थक प्रेरक व्यक्तित्व श्री ज्ञानेन्द्रविक्रम महत ज्यू बाट मन्दिर समुद्घाटन भयो ।
मौलाकालिका मन्दिर प्रवेशद्वार नजिक श्री सिद्धिविनायक गणेश मन्दिर, श्री राधाकृष्ण मन्दिर छ । यसैगरी देउराली भञ्याङ सिंढीमार्गमा देउराली देवीको खुला मन्दिर छ। मौलाकालिका मन्दिर प्राङ्गणमा हवनकुण्ड, भैरव देवीको मन्दिर, ॐ नम शिवाय मठ, शिवलिङ्ग मठ, तुलसी देवीको मठ र प्राङ्गणस्थित मूल प्रवेशद्वारमा गणेश र सरस्वतीका मूर्तिहरु राखिएका छन् । शक्तिस्वरूपा मौलाकाली भगवतीको पूजा-अर्चना आराधना एवम् उपासना गर्नाले मनले चिताएको मनोकाङ्क्षा पूरा हुने, आत्मसन्तुष्टि र आनन्द मिल्ने जनविश्वास रहेको पाइन्छ । मानिसलाई दुःख, आपतविपत् र सङ्कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहनशक्ति प्राप्त हुने, दुःख कष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ । नेपाल लगाएत छिमेकी राष्ट्र भारत, भुटानका साथै अन्य मुलुकहरुबाट पनि शक्ति पूजक एवम् उपासकहरु दिनानुदिन आउने क्रम बढिरहेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि मौलाकालिका भगवतीको दर्शन गर्न बेला बेलामा आइरहनु भएको छ ।
मौलाकालिका मन्दिरका गुरु योजना तथा विकासकार्यहरु पनि रहेका छन् । मन्दिरका भावी योजनाहरू पनि सबैको साथ र सहयोगले पूरा हुनेछन् भन्ने विश्वास छ ।
मन्दिरसम्म पुग्नका लागि सिढी मार्गको पनि व्यवस्था छ, जसमा १ हजार ८ सय ८२ खुट्किला रहेका छन् भने अहिले केवलकारको पनि व्यवस्था रहेको छ ।
राष्ट्रको गौरव, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त शक्तिस्वरूपा मौलाकालिका भगवतीको मन्दिर हामी नेपालीको पहिचान हो । गैंडाकोट बासीको मात्र नभई सिङ्गो राज्यको शान हो । भावी पीढीलाई मन्दिरको अस्तित्व , महत्त्व , महिमा बताउनु आवश्यक हुन्छ । उक्त मन्दिरको संरक्षण र संवर्द्वन गर्नु हामी सबैको कर्तव्य हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको मन्दिर एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ । आध्यात्मिक शान्ति, सङ्कटमोचन, आश्था र विश्वासको धरोहर धार्मिक एवम् पर्यटकीय स्थल धार्मिक सेवा समिति मौलाकालिका भगवतीले हामी सबैको मनोकामना पूरा गरून् ।
” मौलाकालिका भगवतीको दर्शन गरी पुण्य कमाऔँ र आन्तरिक पर्यटनको विकासमा टेवा बढाऔं ।”