देशलेख/रचना

देशमा राजनीतिक स्थायित्व कायम रहोस – मिन बहादुर कुँवर

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ३,

मुलुकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको छ । जसले देशको बिषम परिस्थितिलाई निकासको ढोका खोलेको छ। पुराना दलहरुको परम्परागत शैली ढाँचा तथा मोडालिटीलाई नयाँ स्वरुपमा लगि थप परिवर्तनको लागि नयाँ खाकाका साथ अगाडि बढाउनको लागि झन्डै दुई तिहाइको जनादेश मार्फत मुलुकमा नयाँ सरकार बन्ने बाटोमा रहेको छ। र देशलाई नयाँ उचाई र समृद्ध मार्फत नयाँ नेपाल निर्माणमा सघाउ पुग्ने विश्वास गरिएको छ। सोही सपना जनचाहना अनुरुप पूरा हुने दिशामा जाहोस भनि रास्ट्र संरक्षण साप्ताहिक संबाददाता एवं युवा समाजसेवी मिन बहादुर कुँवरले शुभकामना ब्यक्त गरेका छन् । कुँवर ओम कैलाश शिव ढुंगा धिवा शक्ति महापीठधामका सहसचिव हुन् । जसले समाजमा मात्र नभएर राजनीतिक दलका कार्यकर्ताहरुलाई एवं जनप्रतिनिधिहरुलाई सहि सल्लाह र सुजहाव दिने गरेको एक सुत्रले जनाएको छ । कुँवर स्वतन्त्र पत्रकार संघ नेपालका काठमाण्डौ जिल्ला सदस्य पनि हुन् । यतिमात्र होइन गाउँ समाज र मुलुकका विकासका लागि आफै खट्ने एक जेहन्दार युवा पनि हुन् । धर्म, संस्कृति, परम्परा, रितिरिवाज र संस्कार हामि नेपालीका लागि अमुल्य सम्पत्ति हुन् हामि सबै मिलि यसको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक छ भनि सबैलाई सुझाउने उनको गहन बानि रहेको उनका सहकर्मिहरुले बताएका छन् ।

Like