उडायो सपना सबै रास्वपाले, ६३ प्रतिशत दलले कटाएनन् १० हजार मत

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २७,

मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका ५७ दलमध्ये ३६ वटा दलले समानुपातिकतर्फ देशभरबाट १० हजार मतसमेत कटाउन नसकेको पाइएको छ । समानुपातिक निर्वाचनमा भाग लिएकामध्ये ६३ दशमलव १६ प्रतिशत दलले १० हजार मत कटाउन नसक्दा ५० प्रतिशत दलले त ५ हजार मत नै कटाउन सकेका छैनन् । भाग लिएकामध्ये २९ दलले ५ हजार मत कटाउन नसकेको देखिएको हो । उडायो सपना सबै रास्वपाले भने जस्तै भएको छ,
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार संयुक्त नागरिक पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ जम्मा ८ हजार ७ सय ५९ मत ल्याउँदा स्वाभिमान पार्टीले ८ हजार १ सय ३ मत पाएको छ । नेपाल जनता पार्टीले ७ हजार ६६ मत, राष्ट्रिय जनमुक्ति पार्टीले ७ हजार २६ मत, राष्ट्रिय एकता दलले ६ हजार ९ सय २५ मत पाएका छन् । राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४ हजार २८८, समावेशी समाजवादी पार्टीले ४ हजार १ सय ९८ र गतिशील लोकतान्त्रिक पार्टीले ४ हजार ७२ मत पाएको छ । नेपाल लोकतान्त्रिक पार्टीले ३ हजार ९ सय ८२२ मत ल्याउँदा नेपाल मातृभूमि पार्टीले ३ हजार १ सय ४७, राष्ट्रिय जनता पार्टीले २ हजार ८ सय ७० र जय मातृभूमि पार्टीले २ हजार ८ सय ३० मत पाएको छ । ३ हजार मत नकटाउनेमा बहुजन शक्ति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र जनअधिकार पार्टी रहेको आयोगको तथ्यांकमा उल्लेख छ । चर्चित वामपन्थी नेता सिपी मैनालीले नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (माले)ले ५ हजार ९ सय ८९ मत ल्याउँदा माधवकुमार नेपालले कारबाही गरेपछि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)मा समाहित भएका एमालेका पूर्वउपमहासचिव घनश्याम भुषालको पार्टीले पनि देशभरबाट ४ हजार ४ सय ५० मत पाएको छ । नेसनल रिपब्लिक नेपालले ५ हजार ४७ मत ल्याउँदा राष्ट्रिय गौरव पार्टीले ४ हजार ९७८ मत पाएको छ । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ७ सय २८ मत ल्याउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ६२२ मत पाएको छ । समानुपातिकतर्फ देशरभबाट २ हजार मत नकटाउने दलमा नेपाल सद्भावना पार्टी, पिपुल फस्र्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल र नेपाली जनश्रमदान पार्टी छन् । नेपाली जनता दल समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी सचेत नेपाली र नागरिक सर्वोच्चता पार्टी (एकल चिह्न सिंह)ले भने १५ सय मत कटाएनन् । १ हजारभन्दा कम मत ल्याउने दलमा जनप्रिय लोकतान्त्रिक पार्टी, मितेरी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी त्रिमूल नेपाल छन् । प्रभुको दललाई १२ हजार, विप्लवलाई २३ र जनार्दनलाई २४ हजार मत पाएका छन् भने २०७९ सालको निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका प्रभु साहले स्थापना गरेको आम जनता पार्टीले पनि देशभरबाट जम्मा १२ हजार ७ सय ७९ मत पाएको छ । साहको आजपा र जनादेश पार्टीले एकल चिह्न मोबाइलबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । यो दलले रौतहट क्षेत्र नम्बर–४ मा चर्चित पत्रकार ऋषि धमलालाईसमेत उम्मेदवार बनाएको थियो । तर धमलाले समेत ७ सय मत कटाउन सकेनन् । नेपाली कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वअर्थमन्त्री जनार्दन शर्माको दलले पनि देशभरबाट जम्मा २४ हजार ८८ मत ल्याएको छ । शर्मा रुकुमपूर्वबाट चुनावी प्रतिस्पर्धामा उत्रिए पनि उनलाई नेकपाका उम्मेदवारले पराजित गरे । लामो समय निर्वाचन वहिष्कार गरेपछि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दलले समेत लज्जास्पद मत पाएको छ । भक्तपुर क्षेत्र नम्बर १ मा लामो समयदेखिको विरासत गुमाएको नेपाल मजदुर किसान पार्टीले पनि देशभरबाट जम्मा ४० हजार ९८ मत पाएको छ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आङ्खना समानुपातिक उम्मेदवार समाहित गरेको राष्ट्रिय परिवर्तन पार्टीले भने देशभरबाट १ लाख ६७ हजार ६ सय ७७ मत पाएको छ । १८ वर्षपछि व्यालेटमा फर्किएको यो दलले समानुपातिकतर्फ २३ हजार ७ सय ४८ मत पाएका छन् । विप्लवले प्रत्यक्षतर्फ उम्मेदवारी नदिए पनि उनका पार्टीका वरिष्ठ नेता खड्गवहादुर विश्वकर्मा कालिकोटवाट नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीसँग पराजित भए । यो निर्वाचन क्षेत्रमा विकले प्रत्यक्षतर्फ ४ हजार ९ सय ९३ मतसहित चौथो स्थान सुरक्षित गर्दा समानुपातिक तर्फ पार्टीले ३ हजार ५ सय ५८ मत ल्याएको छ । समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मतको ‘थ्रेसहोल्ड’ कटाउन नसकेको यो दलले पाएको मत भने १ सिटभन्दा बढी हो । तर ‘थ्रेसहोल्ड’ नकटेका कारण यो दलले सांसद भने पाउने छैन ।

Like