नेकपा एमाले महाधिवेशनको मतदान सकियो, अब मतपरिणाम प्रतीक्षा
रासंसा/काठमाण्डौ, पौष ३,
मुलुकमा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ । नेकपा एमालेका नेता मुकुन्द न्यौपाने नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका छन् । उनले हालै भएको विधान संशोधनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय महाधिवेशनमा भोट हाल्न नगएका हुन् । मतगणना विहान १० बजेपछि सुरु हुने बताइएको छ । मतगणना सुरु भएको ३ देखि ४ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने पार्टीको निर्वाचन आयोगले जनाएको छ । ‘तीन महिनामै विधान संशोधन भएकोमा मेरो असन्तुष्टि हो’ उनले भने । एकीकृत समाजवादीबाट एमाले फर्किएपछि उनलाई समेट्न एमालेले ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको थियो । यता केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका राजेन्द्र अर्याल समेत मतदान प्रक्रियामा सहभागी भएनन् । उनी के कति कारणले मतदानमा सहभागी भएनन् भन्नेबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । नेकपा एमालेका महाधिवेशन प्रतिनिधि सुशील प्याकुरेलले नेतृत्व चयनका लागि मत हाल्न पाएनन् । भोटिङ कार्ड हराएपछि उनी मतदानबाट वञ्चित भएका हुन् । सो क्रममा केही समय वादविवाद समेत भएको थियो । अन्तिममा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलका प्रतिनिधिले आग्रह गरेपछि उनी मत हाल्न पाउनुपर्ने अडानबाट पछि हटेका थिए । स्क्यानिङ गरेर मत हाल्ने व्यवस्था मिलाइदिन उनले अन्तिम समयसम्म आग्रह गरेका थिए । तर निर्वाचन आयोगले सबैलाई एउटै व्यवस्था गर्नुपर्ने भन्दै मतदानको लागि रोक लगाएको हो । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएसङ्गै मुचुल्का उठाउने काम सुरु भएको छ । कुल मतदाता २ हजार २६३ रहेकोमा २ हजार २२७ मत खसेको थियो । ३६ जना मतदान प्रक्रियामा सहभागी भएका थिएनन् । मतगणना सुरु भएको तीन घण्टामा सम्पुर्ण मतपरिणाम आईसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न बिहानको १० बज्ने भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले सम्पूर्ण तयारी सकेर मतगणना सुरु गर्न १० बज्ने जानकारी दिए । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको हो । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । बुधबार बिहान ७ बजे सम्पन्न भएको मतदानमा ९८.०४ प्रतिशत मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।