संविधान संशोधन बिना फागुन २१ को निर्वाचन स्वीकार्य छैन, सुशीला सरकारलाई चुनौती
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा हाल देखिएको अन्यौल र अनिश्चितताको निकासको लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेको छ। सेभ द नेशन मिडियाका संचार सल्लाहकार महेश जंग कुँवरको अध्यक्षतामा संचार संयोजक यबराज आचार्यसहितको सनातन यात्रा’ ले मंगलबार पत्रकार सम्मेलन मार्फत सर्वपक्षीय सरकार निर्माण र नेपालको संविधान-२०७२ संशोधन हुनुपर्ने जिकिर गरेको हो। वर्तमान संविधान पूर्ण रुपमा असफल भईसकेकोले दलहरुले निवर्वाचनमा गठबन्धन गरी फेरी पनि लुटतन्त्र, भ्रष्टाचार, दलीय तानाशाही प्रवृत्तिको पुनरावृत्ति हुने भएकोले अहिले आन्दोलनबाट निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारले २०७२ सालको संविधान संशोधन नगरीकन फाल्गुण २१ गते निर्वाचनमा जान नहुने उहाँको भनाई थियो: ‘अहिलेकै संविधानको प्रावधान अनुसार देश आगामी फागुन २१ गतेको निर्वाचनमा गयो भनेदेखि फेरी उनै कुतत्वहरुको राज हुनेमा कुनै दुईमत रहेन। यस्तै हुने हो भने मुलुकमा पुन: द्वन्द्वको सृजना भई गृहयुद्धमा होमिने हाम्रो ठम्याई छ।’ पत्रकार सम्मेलनमा संयोजक यबराज आचार्यले भने: ‘२०७२ सालको संविधान विभिन्न अवान्छित तत्वहरुको संलग्नतामा जारी भएको गराइएको थियो। यो संविधान अनुसार नेपालमा राजनीतिक अस्थिरता आईरहने, संविधानको आडमा कुशासन, भ्रष्टाचार , दण्डहिनता, अन्याय र आपराधिक गतिविधिहरु दिनप्रतिदिन मौलाईरहेको कुरा सर्वविदितै छ। उक्त संविधानको व्यवस्था अनुरुप कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रुपमा बहुमत प्राप्त गर्न नसक्ने कुरा पनि हामी सबै माझ स्पष्ट छ। त्यस्तै , दुर्घटना निम्त्याउने तत्वहरु मुलुकको चौतर्फि विकास नचाहने पनि स्पष्ट छ नै। यी र यस्तै कारणले गर्दा अनिवार्य रुपमा २०७२ सालको संविधानलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यतासहितको सनातन राष्ट्र कायम गरेमात्र यो देशमा शान्ति, सद्भाव, विकास र समृद्ध हुने छ भनने हाम्रो ठहर छ।’ यी मागहरू पुरा नभएमा नयाँ शान्तिपूर्ण आन्दोलनमा जाने पनि आयोजकले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन : ‘यदी सर्वपक्षीय र सर्वदलीय सरकार गठन गरी २०७२ को संविधान संशोधन गरी प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा नभएमा विरता र बलिदानीको हाम्रो राष्ट्रिय रंग सिम्रीकको भएझै हाम्रा विरगंना नारीको सिउँदोको मर्मरक्षाका लागि यो शक्तिपीठहरुले सम्पन्न राष्ट्रको तर्फबाट ‘सनातन सिंदुर अप्रेसन’ शुरू गरिने छ। जसबाट विना रक्तपात सनातनीहरुको रक्षा गर्नका निम्ती मात्तृशक्ति सहित अगाडी बढ्नु पर्दछ।’