अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

राष्ट्रिय वाणिज्य बैँक र रेडियो नेपालबिच सम्झौता

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २३,

मुलुकमा राष्ट्रिय वाणिज्य बैँक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबिच रेडियो नेपालका कर्मचारीहरूलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता भएपश्चात रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई कम्पनीकोे सिफारिसमा अधिकतम १५ लाख रुपियासम्म बैँकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैँकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका का.मु. प्रमुख प्रशासकिय अधिकृत बिष्णुराम न्यौपानेले हस्ताक्षर गर्नुभएको बैँकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिनुभयो । बैँकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने उपकार्यकारी अधिकृत रेग्मीको भनाइ छ । हाल बैंकको आधार दर ५.१४ प्रतिशत रहेको छ । सम्झौता अनुसार रेडियो नेपालका कर्मचारीहरूको तलबी खाता बैँकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । उक्त अवसरमा बैँकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा, विभागीय प्रमुखहरू भोलानाथ पौडेल, दिनेश गौतम, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय सिंहदरबार परिसरका शाखा प्रबन्धक अनिश रायमाझी, रेडियो नेपालका नायब निर्देशक पुष्पकरराज गौतम, उपनिर्देशक बद्रिविलास तण्डुकार लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैँकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

Like