८८ घाइते, दुईको मृत्यु, ५१ पक्राउ परे तीनकुने घटनामा
रासंसा/काठमाण्डौ, चैत्र १५,
मुलुकमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइसकिएको छ। एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये २२ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरी रहेका छन्। यस्तै, प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन्। त्यसैगरी, विभिन्न १४ स्थानमा आगजनी भएको छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो। घटनामा दुई जनाको मृत्यु भएको छ। सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड भएका छन्। राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये २२ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरी रहेका छन्। यस्तै, प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइसकिएको छ। घटनामा दुई जनाको मृत्यु भएको छ। सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड भएका छन्। त्यसैगरी, विभिन्न १४ स्थानमा आगजनी भएको छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ।