रासंसा/कैलाली, भाद्र १२,
मुलुकमा मुलुकमा गत भाद्र १० गते निःशुल्क रगत र रक्त-तत्वहरू नि:शुल्क उपलब्ध गराउन माग समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीसँग प्रदेशका विरामीहरुकालागि निःशुल्क रगत उपलब्ध गराउन माग गर्नुभएको छ ।
अध्यक्ष कर्माचार्यले मुख्यमन्त्री शाहीसँग सुदूरपश्चिमका जनताहरुलाई देशभरका अस्पतालहरुमा उपचारका क्रममा लाग्ने रगत एवं रक्ततत्वहरु निःशुल्क उपलब्ध गराउन माग गर्दै समाजले हालै मात्र प्रकाशित गरेको हाम्रो रगत नामक मुखपत्र मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्री शाहीले अध्यक्ष कर्माचार्यको मागलाई सकारात्मकरुपमा लिँदै चाँडै नै यो प्रस्ताव सदनमा लैजाने बताउनुभयो ।
उक्त छलफलका क्रममा सुदूरपश्चिम प्रदेशको धनगढीका शतक रक्तदाता दिपक उपाध्यायले आफ्नो तर्फबाट सुदूरपश्चिमका विरामीहरुकालागि रगत र रक्ततत्वहरुकालागि दिलो ज्यान दिएर लागि पर्ने बताउनुभयो ।