आमनेसामने हुनेभयो चैत्र १५ मा राजावादी–गणतन्त्रवादी

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १३,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस्था पुनस्र्थापनाको माग गर्दै मंगलबारदेखि औपचारिक रूपमा आन्दोलनमा होमिएको छ । सुवेदी नेतृत्वको समितिले १५ चैत शुक्रबार राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ भने राप्रपाले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले त्यसअघि राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा समर्थन गर्ने निर्णय पनि गरेको छ । उनले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको पनि बताए । उनका अनुसार राप्रपा मंगलबारबाटै आन्दोलनमा होमिएको छ । राप्रपाले ७ चैत २०८२ बाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।काठमाडौंको एक प्यालेसमा मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले ‘राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुप-यो त्यसमा समर्थन गर्ने’ निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । ‘२६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने । उता, सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले १५ चैत शुक्रबार राजधानीमा गर्ने जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आमसर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले समेत १५ चैत काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ । प्रसाईंले सामाजिक सञ्जालमार्फत ‘अब निर्णायक समय आइसकेको छ, सबै तयार रहौं’ भनी आह्वान गर्दै आन्दोलनको तयारीमा जुट्न आग्रह गरिरहेका छन् । सो समितिले जारी गरेको विज्ञप्तिमा नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख छ । साथै, राजसंस्था पुनस्र्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहनेसमेत विज्ञप्तिमा उल्लेख छ । प्रसाईंले आफ्नो फेसबुक पोस्टमार्फत सम्पूर्ण पीडित, उत्पीडित, राष्ट्रवादी नागरिक र अन्यायको सामना गरिरहेका वर्गहरूलाई आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘अब निर्णायक समय आएको छ, देश बेच्नेहरूसँग लड्ने समय आइसक्यो, यही १५ चैत राष्ट्रभक्तिको शक्ति प्रदर्शन गर्नेछौं ।’ उनले लेखका छन्, ‘१५ चैतका लागि तयार रहनुहोस्, हामीले लड्नु छ देश बेचुवाहरूका दलालहरूसँग, बचाउनु छ हाम्रो गौरवशाली नेपाललाई ।’ प्रसाईंले राजसंस्था पुनःस्थापना चाहने राजनीतिक दलहरू, देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक तथा आन्दोलनमा सहानुभूति राख्ने सबै शक्तिलाई काठमाडौं केन्द्रित आन्दोलनको तयारी गर्न आग्रह गरेका छन् । उनले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्तालाई उपत्यका नछोड्न निर्देशन दिँदै आन्दोलनको मोडालिटी चाँडै सार्वजनिक गर्ने बताएका छन् । काठमाडौं जिल्ला प्रशासनले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । समावेशी, समानुपातिक प्रणाली र संघीय व्यवस्थामाथि हमला हुन खोजेकाले जनतालाई जानकारी दिन राजधानीमा प्रदर्शन गर्ने निर्णय लिइएको मोर्चाको प्रमुख दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । ‘कसैले संघीय गणतन्त्रमाथि अराजक ढंगले हमला गर्न खोज्छ भने त्यसको जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनको भनाइ छ, ‘कसैका विरुद्ध प्रदर्शन गर्न लागेको होइन, प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मोर्चा क्रियाशील छ ।’ १५ चैत नै समाजवादी मोर्चाले समेत राजधानीमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ । माओवादीलगायत चार दल सम्मिलित समाजवादी मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नागरिक समाज, संविधानविद्, पूर्वराजदूतसँग अन्तक्र्रिया गरेपछि मोर्चाले प्रदर्शनको घोषणा गरेको हो । मोर्चाका तर्फबाट माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा गणतन्त्रवादी शक्तिलाई एकजुट भई ‘प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल’ पार्न अपिल गरिएको छ । ‘प्रतिगामी र पुनरउत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको’ मोर्चाको निष्कर्ष छ । मोर्चाले कांग्रेस–एमाले गठबन्धन सरकारको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरेको दाबी गरेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन नहुँदा राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भएको मोर्चाले जनाएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरउत्थानवादी तत्वहरू लागिपरेका छन्,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।’ गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । तर, नवराज सुवेदी नेतृत्वको पूर्वराजसंस्थावादी समूहले चाहिँ प्रदर्शन स्थल’bout सार्वजनिक रूपमा बताएको छैन । प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने’bout जानकारी गराएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । दुई स्थानबाहेक अन्यत्र प्रदर्शनका कार्यक्रम’bout आफूलाई जानकारी नभएको प्रजिअ तिवारीले बताए ।

Like