हामी नेपाली हौं
रासंसा/काठमाण्डौ, मार्ग २६,
राजा ज्ञानेन्द्र बिरा बिक्रम शाह एक साहित्य सृजनशील व्यक्तित्व होइबक्सन्छ, उहाँले सिर्जना गरिबक्सेको एक कबिता प्रस्तुत गरेका छौ

जी.शाह Gyanendrabbshah Shah
हामी नेपाली हौं,
न झुकेको छु,
न झुक्नु दिन्छु
चन्द्र सूर्य झण्डा हाम्रो
खाएको छु कसम
यो पवित्र माटोको
मर्नु परे यसैमा मर्ने छु
हामी नेपाली हौं
हामी नेपालका हौं
हामी एक छौं
एक रहने छौं
न छुटेको छौं
न छुटाउन दिन्छौं
हामी नेपाली हौं
हामी नेपालका हौं
छ हिमाल शिरमा हाम्रो
छ मेची काली पाखुरामा
छ पहाड छातीमा हाम्रो
छ तराइ हराभरा राम्रो
शान्तिको पुजारी हामी हाम्रो बीरको गाथा बोकेको राम्रो
आइ परेकोलाई जाइ पर्ने छदैछ
हामी नेपालका हौं
हामी नेपाली हौं
हामी एक छौं
एक रहने छौं
न छुटेका छौं
न छुटाउनु दिन्छौं
हामी नेपाली हौं
✍️ जी.शाह Gyanendrabbshah Shah