जनकपुरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा छुटेपछि…
रासंसा/काठमाण्डौ, फाल्गुण २२,
मुलुकमा जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ। नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर देखिएन । उक्त टायर जनकपुरमा चेक गर्दा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ । उक्त जहाजमा प्राविधिक गडबडी देखिएकोले जहाजलाई टेक्निकल टिमलाई हस्तान्तरण गरिएको छ । जहाजमा ६२ जना यात्रु रहेका थिए । बिहीबार जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेपछि एउटा पांग्रा बिना नै जहाज सुरक्षित अवतरण गरेको हो ।
Like
