अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

देश अप्ठ्यारोमा परेपछि एमाले र कांग्रेस मिल्यो – प्रधानमन्त्री

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ५,

मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेपछि नेकपा एमाले र नेपाली कांग्रेसको मिलन भएको बताएका छन्। ‘देश अफयारोमा पर्ने खतरा छ। हाम्रो अर्थतन्त्र कमजोर बन्दै गएको छ। मेरो नेतृत्वमा सरकार बनेपछि अलिकति अर्थतन्त्रलाई समाल्न खोजिएको छ। गत वर्ष २४ प्रतिशत राजस्व कम उठेको थियो। यो वर्ष तुलनात्मक रुपमा उठेको छ’, उनले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेस एक्लै बहुमत ल्याएर सरकार चलाउँछु भन्ने पार्टी मिल्न जाँदैन थिए होला। देश अप्ठ्यारोमा परेपछि मिले।’ लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले देश अप्ठ्यारोमा परेपछि नेकपा एमाले र नेपाली कांग्रेस मिलेको बताएका हुन्।

Like