इन्धनको मूल्य बढ्यो, पेट्रोल १ रुपयाँ र डिजेल मट्टीतेलमा ४ रुपयाँ
रासंसा/काठमाण्डौ, फाल्गुण ३,
मुलुकमा नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलरमट्टीतेलमा ४ रुपैयाँले घटाएको हो । नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको जनाएको छ । निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ । डिजेलरमट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ ।
Like