देवघाटधाममा महास्नान

Share to:

रासंसा/काठमण्डौं, फाल्गुण २

किरण पोखरेल

नेपालको देवघाटलाई महाकुम्भ स्नानका लागि संसारको सबैभन्दा पवित्र स्थलका रूपमा स्वीकार्दै कालीगण्डकी र त्रिशुली नदी संगम (दोभान) मा डुबुल्की लगाए । त्रिशूली नदी भगवान महादेवको त्रिशूलबाट उत्पन्न भएको विश्वास गरिन्छ , भने कालीगण्डकी नदी संसारको एकमात्र नदी हो जहाँ भगवान विष्णुका पादचिह्नहरूबाट सिर्जित पवित्र शालिग्राम पाइन्छ ।
यो संगम त्यहाँ हो , जहाँ भगवान शिव र भगवान विष्णु जलको रूपमा एकआपसमा अंकमाल गर्नुहुन्छ । यस पवित्र स्थलमा पानी घुम्दै चक्रको आकृति बनाउँछ — जुन स्पष्ट रूपमा सुदर्शन चक्रको रूप लिन्छ । यही दिव्य घटनाका कारण यो संगम नारायणी गङ्गा भन्ने नामले विश्वभर प्रसिद्ध पाएको छ ।
आज यस पवित्र जलमा महास्नान गरेपछि , भगवान विष्णु र भगवान शिवको अंकमालबाट बनेको सुदर्शन चक्र नियाल्दै गर्दा मैले कल्पना गरेँ — यदि यस पवित्रधाम देवघाट सङ्गम मा १५० फिट अग्लो , शङ्ख, चक्र, गदा, पद्म धारण गर्नुभएका , पिताम्बर परिधानमा सुशोभित भगवान श्री विष्णुको भव्य प्रतिमा स्थापना गर्न सकियो भने कति अनुपम हुनेछ ! यही विचारलाई आत्मसात गर्दै, मैले मेरो प्रिय इष्टदेव भगवान श्रीकृष्ण सँग प्रार्थना गरेको छु कि कुनै भक्तजनले चाँडै नै यस संकल्पलाई पूर्ण गर्ने प्रेरणा लिन सकून । जय श्रीकृष्ण

Like