१९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस भब्यताकासाथ मनाइयो

Share to:

रासंसा/काठमाण्डौ, माघ १७,

मुलुकमा आज शहिद दिवस साथै १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस(माघ १५) भब्यताकासाथ सभ्य रुपमा मनाइयो । नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलकाे प्रमुख आतिथ्यतामा बिशेष समाराेह बीच नेपाल रेडक्रस साेसाइटीकाे नवनिर्मित केन्द्रीय रक्त सञ्चार सेवा भवनकाे सभाकक्ष प्रदर्शनी मार्गमा सम्पन्न भएको थियो । “रगत र रक्त-तत्वहरूकाे आवश्यकता पूर्ति गर्ने एकमात्र माध्यम केवल रक्तदान,
यहि आवश्यकतालाई पूूर्ती गर्न गराैं हामी सबले सर्वत्र नियमित रक्तदान ।” “The only way out to fulfill all needs of blood and blood components is regular blood donation by all of us everywhere regularly. Let’s do it.” मूल नाराका साथ आयाेजित साे कार्यक्रममा वन तथा वातावरण मन्त्री विशेष अतिथि माननीय ऐनबहादुर शाही, अतिथिहरूमा क्रमश: WHO का प्रतिनिधि डा. गम्पाे डाेर्जी, राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. रञ्जन भट्ट, मुटुराेग बिशेषज्ञ डा. भगवान काेईराला,नेपाल स्वयंसेवी रक्तदाता समाजका प्राविधिक सल्लाहकार डा. विशेष पाैडेल, नेपाल रेडक्रस साेसाइटीका अध्यक्ष प्रा.सुदर्शन नेपाल, मनमाेहन कार्डियाे भाष्कुलर थाेरासिकका बिभागीय प्रमुख डा. अनिल भट्टराई, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. कपेन्द्रशेखर अमात्य, केन्द्रीय रक्त सञ्चार सेवाका पूर्व निर्देशक डा. मनिता श्रेष्ठ राजकर्णिकार र केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता हुनुहुन्थ्यो ।
डा. घनश्याम खतिवडाद्वारा कार्यक्रम सञ्चालन उक्त समारोहमा प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले सभालाई सम्बाेधन गर्ने क्रममा स्वयंसेवी रक्तदाताले दानमा दिएको रगत र त्बायसट तयार पारिएका रक्त-तत्वहरूलाई बाँकी रहेका प्रदेश सरकारलाई तुरुन्तै पत्राचार गरि पीडित समक्ष नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त ब्यक्त गर्नुभएको थियो । त्यसैगरी नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. कपेन्द्रशेखर अमात्यले”हामी त स्वयंसेवी रक्तदाताहरूमा आश्रति पेशामा छाैं । रक्तदाता बिना हाम्रो सेवा निर्थक र अधुरो हुनेछ” बताउनु भयााे । सभालाई सम्बाेधन गर्ने क्रममा मनमाेहन कार्डियाे भाष्कुलर थाेरासिकका बिभागीय प्रमुख डा.अनिल भट्टराईले “स्वयंसेवी रक्तदाता बीना मुटुकाे शल्यक्रियाकृया असम्भव नै रहेकाे बताउँदै यस क्षेत्रमा प्रेमसागर कर्माचार्यले नेतृत्व गरेको संस्था नेपाल स्वयंसेवी रक्तदाताले पुय्राउँदै आएको सेवा एवं टेवालाई मुग्धकण्ठले प्रसंसा गर्नुभयो । यसैगरी अतिथिहरूले संस्थाकाे लक्ष्य र उद्देश्य प्राप्तिमा शुभकामना व्यक्त गर्नुभएको थियोे । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे सभाध्यक्षमा आयाेजित साे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथिद्वारा रक्त संकलन थैली हस्तान्तरण गरेर गरिएको थियोे । प्रमुख अतिथिकाे आगमन्‌का साथसाथै बेलुन उदानबाट स्वागत गरेकाे कार्यक्रममा महिला तथा पुरूषगरि जम्मा ३६ जनाले रक्दान समेत गरेका थिए । सांगीतिक माहोलले रक्तदान कार्यमा उत्प्रेरणा जगाउन थप सहयोग हुने आशा एवं बिश्वास लिंदै नेपाल आईडएल सिजन ५ का बिजयता करण परियारकाे स्वर,जीवित जल्मीद्वारा संगीत,संगीत संयाेजन हरिशरण साय्‌मिले गर्नुभएको उक्त रक्तदान उत्प्रेरणा गीतकाे शब्द :
“जित्ने रहर सबैको हुन्छ,जित्ने केवल एउटै हुन्छ
रगतले ती मिथ्या ठान्छ,समानता मात्र उ बुझ्दछ
त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान
हार र जीतलाई जाेगाउन रक्त सञ्चार भइरहन्छ
रगत बीनाकाे जीत र हार कुन संसारमा नै हुन्छ त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान
प्रतियोगिता नै त्याे हाे एक अब्बल अर्को दुर्बल
रगतले सन्देश दिन्छ हुनु पर्छ यहाँ सब नै सबल त्यसैले गराैं रक्तदान,चाहिनेलाई हुन्छ जीवनदान”
प्रेमसागर कर्माचार्यले रचना गर्नुभएको थियो । साे गीतलाई पनि करण परियारले गायर लाेकार्पण गर्नुभएकाे थियो । गायक,संगीत र संगीत संयाेजकलाई धन्यवाद एवं सम्मान-पत्र प्रदन गरिएको उक्त कार्यक्रममा Oncall Donor काे रूपमा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता क्रमशः A positive शरण भाेछिभाेया,B Positive प्रचण्ड कारञ्जित,O Positive बद्री राजबाहक,AB Positive दिलिप बस्नेत,A Negative शंकर ओली,B Negative माधब कटुवाल,O Negative दशबहादुर महर्जन र AB Negative रमिला कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरिएको थियोे । यसैगरि संसारकै इतिहासमा उच्च हिमाली भू-भागमा रक्तदान गर्नुहुने चारजना स्वयंसेवी रक्तदाताहरू क्रमश: बिमल भित्राकाेटी,प्रेमप्रसाद लम्साल,गाेविन्द वाग्ले र सीताराम जाेशीलाई सम्मान-पत्र प्रदान गरि सम्मान गरिएको थियो । सभालाई सम्बाेधनका साथै बिसर्जन गर्ने क्रममा सभाध्यक्ष प्रेमसागर कर्माचार्यले प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैलेलद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजले उठाएका मागलाई गम्भीरतापूर्वक सम्बाेधन गर्नु भएकाेमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियोे ।

Like