रविका समर्थकद्वारा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतमै हातपात
रासंसा/काठमाण्डौ, माघ २,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिएका छन् । सहकारी पीडितको पक्षवाट पोखरा र काठमाडौं दुवै अदालतमा बहस गरेका बरिष्ठ अधिवक्ता त्रिपाठी कुटिएका हुन । अहिले स्थितिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने त्रिपाठीलाइ प्रदर्शनकारीवाट सुरक्षित स्थानमा राखिएको छ। अदालतले लामिछानेलाई थुन्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्क्यौल हुन बाँकी रहेका बेला लामिछानेका समर्थक भने अदालत बाहिर जम्मा भएका छन् । रबि लामिछानेको थुनछेक बहस सकिएर आदेश पर्खिरहेको बेला बाहिर निस्किएका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरभित्रै कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Like