प्रेस सेन्टर अध्यक्ष नवलपुरमा प्रितम भुजेल

Share to:

रासंसा/नवलपुर, पौष २७,

मुलुकमा प्रेस सेन्टर नेपाल, नवलपुरको अध्यक्षमा प्रितम भुजेल निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा कमल जिसी,सुनिता गौतम भट्टराई, सचिव राजु सुवेदी, समावेशी सचिव वसन्त भुजेल,सह सचिव गणेश तिवारी र सुरेन्द्र केसीलाई कोषाध्यक्षमा निर्वाचित गरेकोछ। प्रेस सेन्टर नवलपुरको शनिबार कावासोतीमा सम्पन्न तेश्रो अधिवेशनबाट ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको प्रेस सेन्टरका केन्द्रीय सचिव एवं जिल्ला ईन्चार्ज बोमलाल गिरीले बताए । यसरीनै २ सदस्य पछि थप हुने गरि मिना श्रीपाली र माधव पाण्डे शिशिर सदस्यमा निर्वाचित भएकाछन् । अधिवेशको नेकपा माओबादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले उद्घाटन गरेका थिए ।

Like