२६२ क्यानेडियन कलेजमाथि मानव तस्करीको आरोप

Share to:

एजेन्सी,

भारतको प्रवर्तन निदेशालय (ईडी)ले क्यानाडाका दर्जनौं कलेज र मुम्बईका दुई संस्थाहरूमाथि मानव तस्करीको आरोप लगाएको छ। ईडीले सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा कानूनको उल्लङ्घनको आरोपमा अनुसन्धान गरिरहेको भनेको छ। ईडीका अनुसार, एजेन्टहरूले विद्यार्थी भिसामा भारतीयहरूलाई क्यानाडाका कलेजहरूमा भर्ना गराएर अमेरिका पुर्याउँथे। ईडीले मानव बेचबिखनसँग जोडिएको आशंकामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ। यो सञ्जालले क्यानाडाबाट अमेरिकामा विद्यार्थीहरूलाई गैरकानुनी रूपमा आवतजावत गर्न सहयोग गरेको आरोप छ। क्यानाडा पुगेपछि, उनीहरू कलेजमा जानुको सट्टा अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेको आरोप लगाइएको छ। ११२ कलेजहरू एक संस्थासँग र १५० भन्दा बढी कलेजहरू अर्को संस्थासँग सम्झौता गरेर मानव तस्करी गर्दै आएका थिए। ईडीले मुम्बई, नागपुर, गान्धीनगर र वडोदरामा खोजी गरी ठूलो मानव तस्करी नेटवर्कको पर्दाफास गर्यो, जसमा मुम्बई र नागपुरका दुई एजेन्टले वार्षिक ३५ हजार अवैध आप्रवासीहरूलाई विदेश पठाउँथे। यो नेटवर्कले गुजरातमा एक हजार सात सय र भारतभर तीन हजार पाँच सय एजेन्टहरू परिचालन गरेको थियो, जसमध्ये ८०० भन्दा बढी अझै सक्रिय छन्।

Like