एनपीएलमा लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम
रासंसा/काठमाण्डौ, मार्ग २२,
मुलुकमा नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो। एनपीएलमा पहिलो पटक लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले आम्नेसाम्ने भएका हुन्। सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको हो ।
Like