आज रविलाई बयानका लागि काठमाण्डौ ल्याइदैँ
रासंसा/काठमाण्डौ, मार्ग ११,
मुलुकमा कास्की प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ। रास्वपा सभापति समेत रहेका लामिछानेलाई मंगलबार स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि पोखराबाट काठमाडौं ल्याउन लागिएको हो। कास्की अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। बयानपछि लामिछानेलाई पुन: कास्की फर्काइने छ। उनीविरुद्ध स्वर्णलक्ष्मीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले मङ्सिर २ गते पक्राउ गर्न आदेश भएको थियो। गत २ कार्तिकमा सीआईबीको टोलीले सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा पनि बयान दिइसकेका छन्। सहरा सहकारीको रकम अपचलनको आरोपमा चितवनमा पनि लामिछानेसहित अन्य १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।