धरहरा चढ्न प्रतिव्यक्ति रु. २००, पार्किङको शुल्क पनि तिर्नपर्ने

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ०७,

मुलुकमा सरकारले धरहरा चढ्ने शुल्क तोकेको छ। बिहीबार बसेको मन्त्रिरिषद् बैठकले मंसिर ९ गतेदेखि सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिएको थियो। त्यस्तै धरहरामा पार्किङ गर्दा पनि शुल्क तिर्नुपर्ने भएको छ। मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ। विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो। त्यस्तै सार्क राष्ट्रलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। व्यवसायीको हकमा भने यो लागू नहुने उल्लेख छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।

Like