ओलीजी नेतृत्वको सरकार दुई वर्ष, त्यसपछि मेरो नेतृत्वमा नेपालि कांग्रेसको सरकार – सभापति शेर बहादुर देउवा

Share to:

रासंसा/डडेल्धुरा, मार्ग ०१,

मुलुकमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन नभत्किने स्पष्ट पारेका छन्। शुक्रबार डडेल्धुरामा सञ्चारकर्मीसँगको साक्षात्कारमा उनले यस्तो दाबी गरेका हुन्। सो अवसरमा उनले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने पनि बताए। राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको उनको भनाई थियो। राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने उनले स्पष्ट पारेका छन्। सभापति देउवाले भने, ‘दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो। त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ।’ एक फरक प्रशंगमा देउवाले वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत हुने उल्लेख गरेका छन्। प्रहरीले कानुनबमोजिम काम गरिरहेको उनको जिकिर छ। सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्नेमा उनको जोड छ। देउवाले शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको प्रश्नमा कारबाही गरेर रकम बचतकर्तालाई दिइने विश्वास दिलाएका छन्।

Like