आज सयदिने उपलब्धी प्रधानमन्त्री ओलीले सार्वजनिक गर्दै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०७,

मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन्। ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन्। आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीद्को कार्यालय सिंहदरबारबाट उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्ने छन्। गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन्।

Like