ललितपुरको कुपण्डोलमा भासियो सडक
रासंसा/ललितपुर, भाद्र २९,
मुलुकमा ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको थियो । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए । अहिले बगिरहेको पानी भने रोकिएको छ । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ ।
Like