अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

कांग्रेस, एमाले र माओवादीको सत्ता स्वार्थले मुलुक बिग्रियो – लिङ्देन

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १९,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्। झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले ठुलो दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए। केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठुला दलका नेताहरूले देशलाई बिगारेको उनको जिकिर थियो। उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा दश वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने दाबी गरे। अध्यक्ष लिङ्देनले राजनीतिमा भ्रष्ट र बेइमानहरूको बिगबिगी रहेको पनि आरोप लगाए। मुलुक भ्रष्टाचारीहरूले सिन्डिकेट खडा गरेर बसेको उनको भनाइ थियो।

Like