आज विश्व ओजोन तह बचाउ दिवस

Share to:

रासंसा/काठमाण्डौ,

विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो । स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ । सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम्झनामा, संयुक्त राष्ट्र महासभाले सेप्टेम्बर १६ लाई ओजोन तहको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गर्यो। त्यसबेलादेखि प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई सुरक्षात्मक ओजोन तहको संरक्षणको महत्त्वमा समर्पित गरिएको छ।
वर्ष २०२४ को नारा Montreal Protocol: Advancing Climate Action.यस वर्षको नारा ले यसले जलवायु परिवर्तनमा मोन्ट्रियल प्रोटोकलको सकारात्मक प्रभाव, ओजोन रिकभरी ट्र्याकमा छ र किगाली संशोधन मार्फत कसरी जलवायु चुनौतीहरूलाई समर्थन गर्न सकिन्छ जलवायू मैत्री कदमहरुलाई फेरि दर्साएको छ । यस ग्रहमा भएका प्राणीहरूको रक्षाका लागि विश्वव्यापी सहकार्यको आव्हानका साथ यस दिवस मनाइदैछ ।

Like