तीज पर्वसंगै ऋषिपन्चमी व्रत समापन
मिनबहादुर कुंवर/काठमाण्डौ, भाद्र २३,
मुलुकमा काठमाण्डौं महानगरपालिका भाटभटेनीस्थित शोभा बुटिक होटेलकी सन्चालक शोभा गुरुङले तीज पर्वसंगै रिषी पन्चमी पर्व समापन गर्नुभएको छ । गत भाद्र २० गते विहिबार होटेलमा कलाकारहरुसंगै दर खाएर तीज व्रत बसेकी शोभा गुरुङ ऋषि पन्चमी व्रत पनि बसि समापन गरेको उहांले बताउनुभयो । दर खान आमन्त्रित कलाकारहरुमा चलचित्र बोर्डका निवर्तमान अध्यक्ष वरिष्ठ कलकार भुवन केसि कलाकार किरण केसिलगायत दर्जनौ कलाकार तथा शुभचिन्तकहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित सबैजनाले खुशी व्यक्त गर्दै सांगीतिक मनोरञ्जनमा रमाएका थिए ।
Like