अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

बालेनको स्ट्याटस फेसबुकले माफी मागेर फिर्ता गर्‍यो

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २२,

मुलुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले एमालेकी प्रदेश सांसदलाई लक्षित गरेर लेखेको फेसबुक पोस्ट हाल फिर्ता गरिएको छ। साहले आफ्नो पोस्ट हटाइएकोमा असन्तोष प्रकट गर्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका थिए। यस घटनापछि, साहका समर्थकहरूले ओलीको फेसबुक पेजमा अनफलो अभियान सञ्चालन गरे। घरेलु बालश्रम सम्बन्धी सो पोस्ट फेसबुकले तीन दिनअघि कम्युनिटी स्ट्यान्डर्ड उल्लंघनको आधारमा हटाएको थियो। फेसबुकका अनुसार उक्त पोस्ट हटाउनुका कारण ह्यारेसमेन्ट र बुलिइङका आरोपहरू थिए। तर हाल उक्त पाेस्ट माफी माग्दै फेसबुकले फिर्ता गरेको छ। यस बारेमा ओली र साह दुवैले औपचारिक टिप्पणी गरेका छैनन्। तर फेसबुकमा यस विषयमा आरोप र प्रत्यारोपका चक्र चलिरहेका छन्।

Like