प्रधानमन्त्री दाहाल–ओलीबिच भेटवार्ता

Share to:

रासंसा/काठमाण्डौ,ज्येष्ठ ३१,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । त्यसैगरी प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन पनि एमालेका सांसदहरूले माग गर्दै आएका छन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला उनीहरूबिच बुधवार अपराह्न सिंहदरबारमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा .माओवादी केन्द्र)को शीर्ष नेता द्वय दाहाल र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ।

Like