संचार क्षेत्रबाट सबैभन्दा बढीपटक रक्तदान गर्ने रक्तदाता डा. के. बि. सम्राटले गरे ११९ औँ पटक
मिनबहादुर कुँवर/काठमाण्डौ, ज्येष्ठ २६,
मुलुकमा संचार क्षेत्रबाट सबैभन्दा बढीपटक रक्तदान गर्ने रक्तदाता सह प्राध्यापक डा. के. बि. सम्राटले
यहि ज्येष्ठ २५ गते ११९ औँ पटक रक्तदान गर्नुभएको छ । रक्तदान, जीवनदान, महादान लाई महान उक्तिकासाथ् हौसला प्रदान गर्दै रक्तदान गरेका थिए । डा. सम्राटकासाथ राष्ट्र संरक्षण साप्ताहिकका प्रेस प्रतिनिधि एवं सेभ द नेशन टेलिभिजनका गण्डकी प्रदेश ब्युरो पत्रकार मिन बहादुर कुँवरले २८ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेका थिए । सेभ द नेशन मिडिया, रिटायर्ड क्लब नेपाल, राष्ट्र संरक्षण साप्ताहिक, पशुपति अन्नपुर्णा आश्रम, स्वतन्त्र प्रत्रकार संघ नेपाल, सेभ द नेशन टेलिभिजनका कुशल सदस्य हुनुहुन्छ । पशुपति अन्नपुर्णा आश्रम तथा सेभ द नेशन मिडिया एवं रिटायर्काड क्लब नेपालका केन्द्रीय अध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक/प्रकाशक, स्वतन्त्र प्रत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष ओम कैलाश शिवढुंगा सिवशक्ति महापीठधामका महासचिव, विश्व शान्ति ध्यान केन्द्रका सचिव, नेपाल पत्रकार महासंघका सदस्य, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य लगायत विभिन्न टेलिभिजनका प्रस्तोताकासाथ् सेभ द नेशन टेलिभिजनका धार्मिक संदेश कार्यक्रमका कुशल प्रस्तोता के. बि. सम्राटले विभिन्न सामाजिक क्षेत्रमा अग्रसर हुनुहुन्छ । डा. सम्राटले गत फाल्गुण २५ गते महाशिवरात्रिका दिन आराध्यदेव भगवान पशुपतिनाथको प्रांगणमा श्री शिवम सेवा मण्डलको आयोजनामा ११८ औं पटक रक्तदान गर्नुभएको थियो । रक्त संचार केन्द्रमा रक्तदान गर्न पत्रकार द्वय डा. के. बि. सम्राट र मिन बहादुर कुँवर गएका थिए । ११९ औँ पटकको रक्तदान गर्दै विश्वकै संचार क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता डा. सम्राटले रक्तदाताहरुलाई रक्तदान गर्न उत्साहित गर्नुभएको थियो । उहाले जीवनमा पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुलाई आफ्नो १८ वर्षको जन्मदिनसंगै रक्तदान गरेर जन्मदिन मनाउनु हुन आह्वान गर्नुहुँदै नियमित रक्तदान गरे आफ्नो स्वास्थ्य र जीवनप्रति सजक हुन्र्मा दुइमत नरहेको बताउनुभयो । राष्ट्र संरक्षण साप्ताहिकका प्रेस प्रतिनिधि एवं सेभ द नेशन टेलिभिजनका गण्डकी प्रदेश ब्युरो पत्रकार मिन बहादुर कुँवरले विश्वकै संचार क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता सह प्राध्यापक डा. सम्राटसंग संगै एकै साथ जीवनकै पहिलो पटक रक्तदान गर्न पाउँदाको यो खुशीको क्षणभन्दा अर्को नहुने बताउदै सबै रक्तदान गर्ने रक्तदातालाई नियमित रक्तदान गर्न पहिलो पटक रक्तदान गर्दै अनुभूति स्पष्टयाउनु भयो । रक्त संचार केन्द्रकी स्वास्थ्य सेविका मनिषा दनुवारले सह प्राध्यापक डा. सम्राटले नियमित रुपमा दिएको यो रक्तदान देखेर आफु चकित परेको बताउदै उहाले रक्तदान गर्ने दिन मेरो पालो पर्दा खुशी लाग्ने बताउनुभयो ।
