दरबारमार्गमा प्रहरी जवानको हत्या अभियोगमा छ जना पक्राउ
रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,
मुलुकमा प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ परेकाहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए। जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो ।
Like