स्वतन्त्र पत्रकार संघ नेपाल जाजरकोट शाखाको लिल्ला अधिवेशन सम्पन्न

Share to:

टिकाराम सिं/जाजरकोट, बैशाख ४,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल जाजरकोट शाखाको प्रथम जिल्ला अधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । संघका तदर्थ समितिका अध्यक्ष सुशील नाथ योगीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष डा. के. बि. सम्राटको प्रमुख आतिथ्यता थियो । अधिवेशनले तदर्थ समितिका अध्यक्ष सुशील नाथ योगीको भावियोजनासहितको प्रतिवेदन र कोषाध्यक्ष टिका विश्वकर्माको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । जिल्ला अधिवेशनले निर्वाचन प्रक्रिया अन्तर्गत हाम्रो पहुँच डट कमका संचालक पत्रकार काली बहादुर नेपालीको नेतृत्वमा सात सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको छ । जस अनुसार अध्यक्ष काली बहादुर नेपाली, उपाध्यक्ष टिकाराम सिङ, सचिव टिका विश्वकर्मा, कोषाध्यक्ष शारदा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् भने सदस्यहरुमा कर्ण बहादुर शाही, सुशिल खड्का र रेशम शाही निर्वाचित भएका छन् । जिल्ला अधिवेशनको समुद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष डा. के. बि. सम्राटले पत्रकार स्वतन्त्र हुनुपर्छ र कुनै पार्टीको भात्री संगठनमा रहेका पत्रकारहरु पत्रकार होइनन भन्दै उनीहरु राज्यको चौथो अंगमा हुनु हुदैन भन्नुभयो । अधिवेशनको समापन गर्दै अध्यक्षता ग्रहण गरिरहनुभएका अध्यक्ष सुशील नाथ योगीले स्वतन्त्र पत्रकार संघको स्लोगन पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु ले पत्रकारको परिभाषा उद्घोष गरेको छ र स्वतन्त्र पत्रकार संघ नेपाल जाजरकोट शाखाले कर्णाली प्रदेश समिति यथाचाँडो गठन गर्ने छ भन्नुभयो । अधिवेशनको कार्यक्रम जिल्ला उपाध्यक्ष राम बहादुर सिङले कार्यक्रम संचालन गर्दै आजको पत्रकारहरु दलीय स्वभावका भइ राज्यको चौथो अंगको धज्जी उडाएका छन् र यस्ता पत्रकारहरुलाई राज्यले प्रोत्साहित गरेको बताउनुभयो ।

Like