पेट्रालको मूल्य लिटरमै ४ रुपैयाँले बढ्याे

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १८,

मुलुकमा नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ। आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले प्रतिलिटरमै ४ रुपैयाँ मूल्य बढाएको हाे। यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ। निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

Like