गृहमन्त्री लामिछानेको संसदमा कांग्रेसले माग्यो राजीनामा

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २,

मुलुकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री बन्न नहुने भन्दै उनले अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने बताए । ‘३० हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । त्यो बचतकर्र्ताको माग छ, सहकारी सञ्चालकको सम्पत्तिबाट हाम्रो बचत फिर्ता दिनुपर्छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ ?,’ उनले बैठकमा भने, पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरुले आन्दोलनबाट सृजना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ । म आग्रह गर्न चहान्छु, मेरा मित्र माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरणीय प्रस्तुत गर्नूस् ।’

Like