नेपाल ए क्यानडा–११ विरुद्ध ब्याटिङ्ग गर्दै
रासंसा/काठमाण्डौ, फाल्गुण १०,
मुलुकमा एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो खेलमा नेपाल ए ले पहिला ब्याटिङ्ग गर्ने भएको छ। आजको अन्तिम खेलले सिरिजको विजेता निर्धारण गर्नेछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने खेलमा क्यानडा–११ ले टस जितेर नेपाल ए लाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो। पहिलो अभ्यास खेलमा नेपाल ए क्यानडा–११ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो।
Like