चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा बितरण

Share to:

हेमनाथ खतिवडा/गोरखा, माघ २८,

मुलुकमा गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जिविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका बितरण गरिएको छ । अहिले बाख्रा पाउने ५८ जना मूल समुहका हुन् अर्को वर्ष उपहार समुहका सदस्य ५८ जनालाइ उनीहरुले पाठी उपहार दिनेछन् । बाख्रामा नश्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत बितरण गरेको तारा नमस्ते फाउण्डेसनका कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले बताए । सवै कार्यक्रम स्थानीय सरकारसँगको समन्वयमा गरिएको छ ।
चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा पालन तथा गोठ व्यवस्थापन तालीम प्रदान गरी ५८ जनालाइ बाख्रा तथा ४ जनालाइ ब्याडको बोका बितरण गरिएको छ ।
तारा नमस्ते फाउण्डेसनले यस अघि गोठ सुधारका लागि जस्तापाता र जाली दिएपछि बाख्राको लागि खोर सुधार गरेको स्थानीय सितामाया चेपाङले बताइन् । उनले भनीन् ‘पहिले आफुसँग ४ वटा थिए संस्थाले एउटा बाख्रा दियो अब व्यवसायीक रुपमा बाख्रा पाल्ने निधो गरेको छु ।’ यस बाहेक यहाँको चेपाङ समुदायका १४ परिवार कुखुरा पालन समुहमा आवद्ध छन् उनीहरुलाइ खोर व्यवस्थापन तथा चल्ला र दाना समेत बितरणको तयरी भइरहेको पुडासैनीले बताए । गण्डकी गाउँपालिका-६ को लामिडाडा, सल्लेरी, भक्केडाडा, खरेटार, बदला, क्षेत्रीखोला, ७ को कौदी खोलामा पोषणयुक्त घाँस रोपण, बाख्रा तथा स्थानीय नागरिकको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पुडासैनीले जानकारी दिए । प्रजाज्योति आधारभूत विद्यालयमा भएको बाख्रा बितरण कार्यक्रममा बोयर जातको उततन बोका पाएपछि खुशी लागेको स्थानीय गुमानसिं चेपाङले बताए । गाउँमा अधिकांसले गाइ, भैसी तथा अन्य पशुपालन गरेका छैनन् बाख्राका लागि घाँसको समस्या नहुने हुनाले धेरैले बाख्रा पाल्ने योजना बनाएको स्थानीय कौशिला चेपाङले बताइन् ।
स्थानीयको माग अनुरुप चेपाङ बस्तीका बिपन्न महिलाहरूको आयआर्जनका लागि बाख्रा बितरण कार्यक्रम भएको र कुखुका बितरणको कार्यक्रम पनि छिटै गरिने तारा नेपाल फाउण्डेसनका अध्यक्ष ईश्वर श्रेष्ठले बताए ।
तस्तीर सहित छ ।

Like