माघे संक्रान्तिको मेलामा देवघाटधाममा बिहानैदेखि भक्तजनको घुँइचो

Share to:

रासंसा/तनहुँ, माघ ०१,

मुलुकमा चितवन, तनहुँ र नवलपुर जिल्लाको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा भक्तजनको घुँइचो लागेको छ। यहाँ प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ। देवघाट क्षेत्र विकास समितिले भक्तजनका लागि स्नान गर्ने स्थल समेत तयार पारेको छ। सवारी साधान व्यवस्थानपनको काम ट्राफिक प्रहरीले गरेको छ। माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा मकर स्नान मेला समेत लागेको छ। माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित गर्न देवघाट क्षेत्र विकास समितिले तीन जिल्लासँग समन्वय गरेको छ। यहाँ स्नानका लागि भारतबाट समेत भक्तजन समेत आउने गर्दछन्। देवघाटसहित कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लागेको छ।

Like