प्रधानमन्त्री दाहालको दाबी अर्थतन्त्रमा सोचेकोभन्दा बढी सुधार हुँदै गएको
रासंसा/दोलखा, पौष १४,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा सोचेकोभन्दा बढी सुधार हुँदै गएको बताए । दोलखा सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले रेमिट्यान्स ३० प्रतिशतले बृद्धि भएको उल्लेख गर्दै अर्थतन्त्र लयमा फर्केको बताए। अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफुु दह्रो खुट्टा टेकेर नै प्रधानमन्त्री बनेको उल्लेख गर्दै दोलखाको भिमेश्वर नगरपालिका वडा ९ को डाङडुुङ्गे डाडामा प्रधानमन्त्री हुँदो प्रस्तावित फिल्म सिटि निर्माण कार्य अब अगाडि बढाउने प्रतिवद्धता जनाए। प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा भयानक संकटोन्मुख रहेको अर्थतन्त्र बताउँदै त्यसको ठिक एक वर्षपछि लयमा फर्काउन सरकार सफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। तीन महिनालाई पनि नपुग्ने विदेशी मुद्रा सञ्चिति दर अहिले १३/१४ महिनालाई पुुग्नेगरी बृद्धि भएको प्रधानमन्त्रीको भनाई छ । उनले मुलुकको आर्थिक उन्नतीका लागि छिमेकी मुलुक चिन र भारतसँग जोड्ने सवैभन्दा नजिकको दुरीमा दोलखा पर्नेहुँदा तामाकाशी कोरिडोर निर्माणलाई तिव्रता दिनुका साथै पर्यनटमैत्री राजमार्गमा निर्माणमा सरकारले पहल थाल्ने बताए । ‘दोलखामा आजदेखि १० दिने बृहत महोत्सव सुरु भएको छ । दोलखाको आर्थिक विकास र पर्यटन प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको आयोजक दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । नयाँ बर्षको अघिल्लो दिन पौस १५ गते दिनभर र मध्यरातसम्म साथै महोत्सव अवधिभर अन्य दिनहरुमा साँझ देखि स्ट्रिट फुड फेस्टिभल हुनेछ । दोलखामा आजदेखि २२ गतेसम्म १० दिने बृहत महोत्सव सुरु भएको हो । उद्घाटन सुरु हुनुअघि आज बिहान सदरमुकाम चरिकोटको सातदोबाटो चोकबाट सुरु भएको झाँकी सहितको -यालीले बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो । बजार परिक्रमा सँगै सो -याली टुँडिखेल रंगशालामा पुगेपछि उद्घाटन समारोह सुरु भएको हो । सडकमै खाउँ, सडकमै नाँचौँ, सडकमै रमाऔँ भन्ने नाराका साथ सो फेस्टिभल भव्य रुपमा मनाउने तयारी भैरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी साथै बृत्तचित्र प्रदर्शनी समेत गरिनेछ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रबद्र्धन गर्ने गरी १ सय ५० वटा स्टलहरु छन् । स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, बिभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवासायीका उत्पादन, सामाग्री लगायत प्रदर्शनीका लागि राखिएको छ । राष्ट्रियस्तरका कलाकारहरु नवराज घोरासैनी, हरिबहादुर राउत, रमेश प्रसाई, राजनराज शिवाकोटी, रमेशराज भट्टराई, ज्योति मगर, एलिना चौहान, प्रिति आले, मिलन नेवार, प्रताप दास लगायतका दर्जन बढी कलाकारहरु महोत्सवमा दोलखा आउने छन् । कलाकारको प्रस्तुतीसँगै दर्शकले भरपूर मनोरञ्जन लिन सक्नेछन् ।