आज प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने

Share to:

रासंसा/काठमाण्डौ, पौष १०,

मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। १० पुस ०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

Like