नेपाल नेत्रहीन सघ तनहुँले भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना
अन्जनन्राज न्यौपाने/तनहुँ, पौष ६,
नेपाल नेत्रहीन सघ तनहुँले भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत ज्ञान महायज्ञ अायोजना गर्ने भएको छ।

पौष १८ देखि२६ गते सम्म दमौली खुल्ला मैदानमा उक्त विराट ज्ञान महायज्ञको पंडित परशुराम काफ्लेले बाचन गर्ने भएका हुन। कुल ५० लाख बडीको अर्थ संकलन गर्ने लक्ष्य राखिएको नेत्र हिन सघ तनहुँका अध्यक्ष चीनबहादुर कुमालले बताए ।




उक्त विराट ज्ञान महायज्ञमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै अध्यक्ष कुमालले ब्यास -५ का बरिस्ठ समाजसेवी केवी गुरुङले कुल ४ अाना २ पैसा ३ दाम बराबरको क्षैत्रफल भएको जग्गा निशुल्क दान गरेर नेत्रहीनको ज्योति बन्न सफल भएको बताए । कार्यक्रम रिसेड तनहुँका मदन पौडेल लगायतका बक्ताहरुले भागवतका विपषमा धारणा राखेका थिए।
Like