शेखर समूह बैठकमा के विषय उठान गर्ने भन्नेबारे छलफल गर्न आज जुट्दै
रासंसा/काठमाण्डौ, मार्ग २७,
मुलुकमा नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले महासमिति बैठकमा आफ्नो समूह कसरी प्रस्तुत हुने र के–के विषय उठान गर्ने भनेर बुधबार बैठक बोलाएका छन्। महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म मधेस प्रदेशमा गर्ने तय भएको थियो। त्यसअघि केन्द्रीय कार्यसमितिको भदौ ६ मा बसेको बैठकले महासमिति बैठक मंसिर १३ देखि १५ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। तर, जाजरकोटमा गएको भूकम्पलाई कारण देखाएर त्यतिबेला बैठक सारिएको थियो। कांग्रेसको महासमिति बैठक सार्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाएका छन्। संस्थापन इतर पक्ष भने तोकिएकै समयमा गर्नुपर्ने पक्षमा छ। त्यसपछि कात्तिक १७ गते बसेको कार्यसम्पादन समिति बैठकले मधेसमा गर्ने निर्णय गर्यो। तर, जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै संस्थापन पक्षले बैठक सार्ने तयारी गरेको हो। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समितिको बैठक बोलाइएकाले उक्त बैठकले नै नयाँ तिथि मिति निर्धारण गर्ने बताए। महासमिति बैठकसहितको विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। ‘बैठक सार्ने भन्ने निर्णय त आएको छैन’, संस्थापन पक्षका एक नेताले भने, ‘पार्टीले निर्णय गरे त मान्नै पर्छ। तर, २ दिनको बैठक गर्न असम्भव नहुने भन्ने हुँदैन। मधेसका जनता यही चिसो खाएर बाँचिरहेका छन्।’ आफूसँग सल्लाह नै नगरी कोइरालाले बैठक बोलाएको भन्दै महामन्त्री थापा रुष्ट थिए। तर, मंगलबार इतर पक्षका नेता अर्जुननरसिंह केसीको निवासमा डा. कोइराला र थापाबीच भएको छलफलले इतर पक्षको खटपट अन्त्य भएको नेताहरू बताउँछन्। केसीको निवासमा कोइराला र थापाबीच झन्डै तीन घण्टा कुराकानी भएको नेताहरू बताउँछन्। केसीले भने दुई नेताबीचको भेट संयोग मात्रै भएको बताए। ‘उहाँहरूबीच कुनै दरार थियो भन्न मिल्दैन,’ केसीले भने । कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले महासमिति बैठकमा आफ्नो समूह कसरी प्रस्तुत हुने र के–के विषय उठान गर्ने भनेर बुधबार बैठक बोलाएका छन्। कोइरालाले उक्त बैठक मंगलबारका लागि बोलाएका थिए। तर, उनकै समूहका भनिएका महामन्त्री गगन थापा अनुपस्थित हुने भएपछि एक दिन पछि बैठक सारिएको हो।