इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न भएको सम्झौता स्वागतयोग्य – नेपाल सरकार
रासंसा/काठमाण्डौ, मार्ग ७,
विश्वमा गाजामा युद्धविराम गर्न भएको सम्झौताप्रति नेपाल सरकारले स्वागत गरेको छ। इजरायल र प्यालेस्टाइनका अधिकारीहरू गाजा केन्द्रित युद्ध विराम गर्न सहमत भएका हुन्। नेपाल सरकारले उक्त कदमको स्वागत गरेको हो। इजरायलमा भएको युद्धले ठूलो जनधनको क्षतिसमेत गरेको छ। उक्त युद्धमा दस जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा त्यहाँ पुगेका नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा ज्यान गुमाएका थिए। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिका, कतार र इजिप्टले उक्त युद्धविराम गराउन खेलेको कूटनीतिक प्रयासको प्रशंसा गरेको छ। हमासले अपहरण गरेका नेपाली विद्यार्थी विपीन जोशीको तत्काल रिहाइ गर्न परराष्ट्रले आग्रहसमेत गरेको छ।
Like