गठबन्धन सरकार नै गणतन्त्र कमजोर बनाउने काममा संलग्न, एमाले

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ७,

मुलुकमा प्रमुख प्रतिपक्ष दल एमालेले अहिलेको गठबन्धन सरकार नै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाएको छ । काठमाडौंमा बिहीबार शक्ति प्रदर्शनपूर्व बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारले नै विशृंखल र अराजक गतिविधिलाई बढवा दिइरहेको आरोप लगाएको हो । देशलाई प्रतिगमनतिर जाने अनुकूल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य छैन । अहिलेको सरकारको यो निकम्मापनले प्रतिगमनतर्फ जान अनुकूल वातावरण सिर्जना गर्ने र प्रतिगामी शक्तिलाई हौस्याउने काम गरिरहेको छ, त्यो स्वीकार्य हुन सक्दैन । कि उपयुक्त ढंगले सरकारले देश चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ । ‘यति वेला नेपाली समाजमा अराजकता बढ्दै गएको छ । नेपाली समाजलाई विभिन्न ढंगले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउने शृंखलाबद्ध प्रयासहरू भइरहेका छन् । जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरुद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदूषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेजस्ता अराजक गतिविधि बढिरहेका छन्,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘यसबीचमा कतिपय ठाउँमा धार्मिक दंगाहरूसमेत गराइएका छन् । तर, यस्ता अराजक क्रियाकलापप्रति गम्भीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ । यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकार स्वयं संलग्न त छैन भन्ने गम्भीर आशंका पैदा भएको छ ।’ सत्तागठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको एमालेको आरोप छ । बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, आर्थिक मन्दी बढाउँदै लैजाने, सामाजिक वैमनश्यलाई बढावा दिने र राज्यका निकायहरूलाई कमजोर बनाउँदै जनतामा निराशा बढाउने सरकारको रबैया रहेको दाबी गरेको छ । उनले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि एमाले निरन्तर सरकारविरुद्धको आन्दोलनमा केन्द्रित हुनुपर्ने परिस्थिति निर्माण हुँदै गएको पनि प्रस्ट्याए । बैठकमा ओलीले वाम एकताको कुनै औचित्य नभएको पनि बताए । एमालेले अर्को निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै गरे । त्यसैबीच, पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारको निकम्मापनले देशलाई प्रतिगमनतर्फ लैजानका लागि अनुकूल वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । ‘देशलाई प्रतिगमनतिर जाने अनुकूल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य छैन । अहिलेको सरकारको यो निकम्मापनले प्रतिगमनतर्फ जान अनुकूल वातावरण सिर्जना गर्ने र प्रतिगामी शक्तिलाई हौस्याउने काम गरिरहेको छ, त्यो स्वीकार्य हुन सक्दैन,’ ओलीले भने, ‘कि उपयुक्त ढंगले सरकारले देश चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ ।’ एमालेले १४ मंसिरबाट तीन हप्ता पुष्पलाल (मध्यपहाडी) लोकमार्गकेन्द्रित विशेष अभियान (झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहान साढे ८ बजे बैतडीको झुलाघाटमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरी सुरु हुने अभियान पाँचवटा प्रश्नको जवाफ खोज्न केन्द्रित हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । अभियानको सन्दर्भ झल्काउने गरी निश्चित स्मृति चिह्न स्थापनासँगै पाँचथरको चिवाभञ्ज्याङमा अभियानको समापन हुनेछ । संकल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू केन्द्रीय टोलीमा रहने पनि गौतमले जानकारी दिए । अभियानको सन्दर्भ झल्काउने गरी निश्चित स्मृति चिह्न स्थापनासँगै पाँचथरको चिवाभञ्ज्याङमा अभियानको समापन हुनेछ । संकल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष÷प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू केन्द्रीय टोलीमा रहने पनि गौतमले जानकारी दिए । पहाडमा समस्या कहाँ छन् ? किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? हाम्रो विकास र पूर्वाधार निर्माणको ढाँचामा नै पो कुनै समस्या छन् कि ? छन् भने समाधान कसरी गर्न सकिन्छ ? र, पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ ? जस्ता पाँच प्रश्नको जवाफ अभियानमार्फत खोज्न कोसिस गरिने विज्ञप्तिमा जनाइएको छ । अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान गर्ने एमालेको दाबी छ । मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिहरूको रक्षा एवं सम्वद्र्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य रहेको एमालेले जनाएको छ नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षमा पार्टीले पुर्‍याएको योगदान जनतालाई प्रस्ट्याउँदै बलियो राष्ट्रिय शक्तिको निर्माण गर्न सहयोग पुर्‍याउनु अभियानको अर्को उद्देश्य रहेको पनि एमालेको भनाइ छ । अभियानमा हुने जनसंवादमार्फत सुझाव लिने र त्यसबाट सिक्ने पनि विज्ञप्तिमा जनाइएको छ । अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, विकास कार्यहरूको अवलोकन र नमुना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा संकलन गरिने विज्ञप्तिमा जनाइएको छ । जटिल भौगोलिक संरचना, छरिएका बस्तीहरू, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुहरूका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौती रहँदै आएको जनाउँदै एमालेले पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढंगले रूपान्तरित हुँदै आएको दाबी गरेको छ । तीव्र बसाइँसराइ पहाडको मुख्य समस्या बन्न थाले पनि एकातिर विकासका योजनाहरू पहाड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसंख्याको ठूलो हिस्सा तराई, सहर हुँदै बिदेसिँदै जाने चुनौती नै अर्थ–राजनीतिको सर्वाधिक जटिल प्रश्न समाधानका लागि अभियानकेन्द्रित हुने जनाइएको छ ।

Like