Tuesday, October 20, 2026
Latest:
अन्य थप

२४ घण्टाभित्र रवाना नलिए वर्षौँदेखि काजमा बसेका प्रहरीले कारबाही गरिने

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ४,

मुलुकमा प्रहरी प्रधान कार्यालयले वर्षौँदेखि काजमा बसेका प्रहरीलाई तुरुन्तै रवाना लिन निर्देशन दिएको छ। उनीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जानकारी दिँदै सबैलाई पत्राचार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारी प्रहरी प्रधान कार्यालय र अनुकूल स्थानमा सोर्समा बस्दै आएकाले सोमबारबाट लागु हुने गरी रवाना लिन निर्देशन दिएको हो। नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्युरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालय मात्रै करिब ३ सय प्रहरी सोर्स र शक्तिकेन्द्रको आडमा काजमा बसेका छन्। त्यस्तै घुमुवा र अन्य नाममा पनि काजमा बस्दै आएका छन्। रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने ब्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको भन्दै तत्कालै रवाना लिन निर्देशन दिएको छ। विभिन्न जिल्ला प्रहरी कार्यालयमा पनि इन्चार्जले आफ्नो अनुकूलतामा काजमा राख्ने गरेका छन्।

Like