विविध कार्यक्रमसाथ छठपर्व मनाई समापन गरियो
अन्जनराज न्यौपाने/तनहुँ, मार्ग ४,
तनहुँ जिल्लाको दमौलिस्थित प्रसिद्ध मादी र सेतीनदीको संगम स्थल कृष्ण दैपायनको तटमा विविध कार्यक्रमगरि छठपर्व मनाई समापन गरिएको छ । प्रसिद्ध मादी र सेतीनदीको संगम स्थल कृष्ण दैपायनको तटमा मधेसी र भारतीय मुलका हिन्दु धर्मावलम्बीहरुले अस्ताउदो सुर्यलाई अर्घ्य दिई नानाथरीबाट पुजाअर्चना गरि आज विहान ब्रमहमुहुर्तमा उदाउँदो सुर्यनारायणजि पुजा अर्चनागरि छठ पर्व मनाईएको हो । सुर्यनारयण भगवानको निराहार व्रत बसे जानेर नजानेर गरेका पापहरु नाँस हुने,आटेताकेको कार्यहरु सफल हुने र मनोकामनापुरा हुने जनविश्वास रहिआएको बताएको मोहन चटपट एण्ड पानी पुरी पसलका संचालक शिव जैसवालले हामिलाई जानकारी दिए।



Like